0Shares

एजेन्सी

४ फागुन, दिल्ली । सरकारसँगको वार्ता असफल भएपछि भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्ष विहीन भएको थियो ।

भारतीय मिडियाहरुका अनुसार बिहीबार बेलुकी आठ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो । सरसँगको वार्ता असफल भपछि शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द भारत देश बन्द हुने आन्दोलनरत किसानहरुले बताएका छन् । बन्द आव्हान गर्नेमा संयुक्त किसान मोर्चासहितका किसान संगठनहरु छन् । उनीहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।

ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि ठप्प छ । बजार, पसल र अन्य कामहरु पनि बन्द रहेका छन् । कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि बन्दको समर्थन गरेका छन् । बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आन्दोलनकारीहरुले किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राख्दै आएका छन् । राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेपछि किसानहरु थप आन्दोलित भएका हुन् । उनीहरु सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन् । किसानहरुलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्याँस समेत प्रहार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected