0Shares
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्  । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई आज जिम्मेवारी तोकेका हुन्  ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका  चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोकेकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए  ।
बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राखेकाे छन्  ।  गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए  ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected