54Shares

पोखरा, २५ असार लायन्स क्लब अफ पोखरा वाराही टाउनको आयोजनामा २७ युनिट रगत संकलन भएको

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ डिष्ट्रिक्ट एडभाईजर शैलेन्द्र मोहन भट्टराईले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् कार्यक्रममा उनले रक्तदान जीवनदान भएको बताउँदै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, बृक्षारोपण, स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष चन्द्रा नगरकोटीले बताईन्

क्लब अध्यक्ष नगरकोटीको सभापतित्व एवम् क्लबका सचिव रीता रानाको सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष गंगा शर्मा, डिष्ट्रिक्टका ब्लड डोनेशन संयोजक डिष्ट्रिक्ट एक्जुकेटिभ युवराज खनाल, डिष्ट्रिक्ट एम्बासडर कृष्णा श्रेष्ठ(रोजी) लगायतले बोलेका थिए।

कार्यक्रममा डिष्ट्रिक्ट को-चिफ एडभाईजर शान्ता देवी थापा भण्डारी, एनएलएफ डिष्ट्रिक्ट कोअर्डिनेटर प्रेम दाहाल, क्लस्टर चिफ बिष्णु श्रेष्ठ, ग्लोवल कजेज चेयरपर्सन आरती अधिकारी, रिजन चेयरपर्सन सूर्य चपाई, जोन चेयरपर्सन युवराज खनाल, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र प्राविधिक टोली सदस्य लगायतको उपस्थिति थियो

54Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected