२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
शिक्षा

भ्रातृ तथा सुवेच्छुक संस्थाको महाधिवेशन समयमा हुन नसक्दा पार्टी जीवनमै समेत असर परेको छ- महर

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन र भ्रातृ तथा सुवेच्छुक संस्थाको महाधिवेशन विधानले भने अनुसार समयमै गर्नुपर्नेमा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरले जोड दिएका छन्।

नेविसंघ पूर्वअध्यक्षसमेत रहेका महरले नेविसंघ स्थापना दिवस् रहेको स्मरण गर्दै नेपाली कांग्रेस खैरहनी नगर समितिको नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

‘कांग्रेसको विधानअनुसार २०८२ नेपालीकांग्रेसको महाधिवेशन वर्ष हो। हामीले भ्रातृ तथा सुवेच्छुक संस्थाहरूको महाधिवेशन गरिसक्नुपर्ने अवस्था हो तर भातृ संस्थाहरुले पार्टीले दिएको गाइडलाईन समेत पालना गरको देखिएन,समयमै भ्रातृ तथा सुवेच्छुक संस्थाको महाधिवेशन हुन नसक्दा पार्टी जीवनमै समेत असर परिरहेको छ,’ उनले भने।

भ्रातृ संस्था र पार्टीको समयमै आवधिक निर्वाचन प्रक्रिया सम्पन्न गर्ने बाटोमा नलगे कांग्रेसको लोकतान्त्रिक चरित्र हराउनेतर्फ उनको चिन्ता छ। त्यसैले विधान अनुसार नै निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक चरित्रको रक्षा गर्नु अपरिहार्य रहेको उनले औंल्याएका छन्।

उनले समयमै निर्वाचन सम्पन्न गराउनका लागि वडादेखि केन्द्रसम्मका जिम्मेवार नेता कार्यकर्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। ‘सबै आफ्नो जिम्मेवारी पूरा गर्नका लागि तयार रहनुपर्छ। विशेष गरी केन्द्रीय कार्यालयका पदाधिकारी बढी गम्भीर हुनु जरुरी छ। केन्द्रीय पदाधिकारी जिम्मेवार नभइरहेको अवस्थामा वडा तहदेखि नै काम गर्दै हामी अगाडि बढ्यौं भने केन्द्रलाई अवश्यक दवाव पर्ने छ। यसो हुँदा समयमै महाधिवेशन हुने सम्भावना रहन सक्छ,’ महरले भने।

मुलुकमा राजनीतिक तरलता रहेको अवस्थामा कांग्रेस सबै क्षेत्रमा जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत हुनुपर्ने उनले बताएका छन्। ‘पञ्चायतका प्रेतआत्माहरु सदबलाउन थालेका छन्। ती लोकतन्त्रको खिलाफमा छन्। उनीहरूलाई परास्त गर्नका लागि राजनीतिक दलका नेता कार्यकर्ताका चरित्र सुधार हुन जरुरी छ। अनी मात्र उनीहरू परास्त हुन सक्छन्,’ महरले भने।

एक अर्को प्रसंगमा नेता महरले २० चैतदेखि शिक्षा ऐन जारी गर्ने लगायतका माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकाले उनीहरूका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुनुका साथै कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने नहुने अन्यौंलता थपिएको तर्फ सरकार गम्भीर हुन नसक्नु चिन्ताको विषय भएको कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरको टिप्पणी छ।

शैक्षिक क्यालेन्डर कार्यान्वयनका लागि शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ। विद्यार्थीको मनोविज्ञानमा असर नपर्ने गरी महासंघले पनि सरकारसँग वार्ता गरेर निष्कर्षमा पुग्नु नै अहिलेको अपरिहार्यता रहेको उनले बताए।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…