२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिद्वारा तीजको दर खाने कार्यक्रम सम्पन्न

अन्नपूर्ण, कास्की । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिद्वारा आयोजित तीजको दर खाने कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललगाएत क्षेत्रीय, पालिका तथा वडा स्तरीय नेतासहित स्थानीय महिलाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका  पूर्व मन्त्रीसमेत रहेकी  तिवारीले शुभकामना व्यक्त गर्दै भनिन्, ”तीज पर्व महिलाहरूको मात्र पर्व होइन, सामाजिक ऐक्यबद्धता र सांस्कृतिक सम्पदाको प्रतीक हो । यस्ता कार्यक्रमहरूले आपसी एकता र स्नेह अझ प्रगाढ बनाउँछन् ।”

नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका  सभापति मनपति भण्डारीले महिलाको हकहित र नेतृत्व भूमिकामा नेपाली कांग्रेस निरन्तर अग्रसर रहेको उल्लेख गर्दै, “नेपाली काँग्रेसले महिलाको सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको छ, आगामी दिनमा यसलाई अझ प्रगाढ बनाउन विशेष कार्यक्रम ल्याइनेछ। ”

गाउँपालिकाका सचिव बिजय गुरुङले सञ्चालन गरेको कार्यक्रममा पालिकाका उप–सभापति एवं कार्यक्रम संयोजक गौंमाया नेपालीले स्वागत मन्तब्य र अर्का उप–सभापति सुशिल भट्टचनले धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित महिलाहरूले तीज गीत गाएर, नृत्य प्रस्तुत गरेर तथा दर खान सामूहिक रूपमा रमाइलो गर्दै पर्वको उल्लास साटासाट गरेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…