२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुदमनोरन्जन

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो।

नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ८ गते देखि १० गतेसम्म लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले जानकारी दिए । महोत्सवमा अन्तर समूह तीज गीत प्रतियोगिता, लामाचौर कप खुल्ला पुरुष तथा अन्तर मावि छात्रा भलिबल प्रतियोगिता,अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, श्रष्ट्रा सम्मान तथा छात्रवृत्ति प्रदान सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।

विगत ११ वर्ष देखि हुदै आएको राष्ट्रिय महिला भलिबल भने यस वर्ष नहुने भएको छ। आर्थिक असहजता, टिम सहभागीतामा कमि र खेल संबद्ध संघ संस्थाको उपेक्षाका कारण यस पटक राष्ट्रिय महिला भलिबल आयोजना गर्न नसकिएको बताईएको छ।

राष्ट्रिय खेलकै झल्को दिने गरी रारा लामाचौर कप’ खुल्ला पुरुष भलिबल र पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मा।वि भलिबल प्रतियोगितालाई थप व्यवस्थित गरिएको निवर्तमान अध्यक्ष स्वागत मानसिंह भण्डारीले जानकारी दिए ।

पुरूष भलिबलमा प्रथमले ३ लाख १ सय ११, द्वितीयले १ लाख ५० पचास हजार १ र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्रदान गरिने छ भने मा।वि भलिबल प्रतियोगितामा प्रथमले १ लाख १ सय ११, द्वितीयले ५० हजार १ सय ११ र सर्वोकृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बिधामा आर्कषक पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै तीज गीत प्रतियोगितामा प्रथमले ५० हजार १ सय ११, द्वितीयले ३० हजार १ सय ११, तृतीयले २० हजार १ सय ११ र सान्त्वना पुरस्कार १० हजार १ सय ११ प्राप्त गर्ने छन् । सहभागि टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार प्रदान गरिने छ ।अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार नगद ४० हजार १ सय ११। द्वितीय पुरस्कार नगद २५ हजार १ सय ११, तृतीय पुरस्कार नगद १५ हजार १ सय ११, सान्त्वना ३ टिमलाई ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई नगद ५ हजार १ सय ११ प्रदान गरिने प्रचार प्रसार संयोजक बिष्णु प्रसाद गौतमले बताए।

हालसम्म पुरूष भलिबलमा ६ वटा र अन्तर मावि भलिबलमा ११ टिम दर्ता भएको र यो संख्या बढ्ने सक्ने समाजले जनाएको छ। महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दुतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुरुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति रहने छ ।

महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने अर्थ संकलन उपसमिति संयोजक कमल थापाले बताए । खेल कार्यक्रम भदौ ७ गतेबाट सुरु हुने भएपनि औपचारिक उद्घाटन भदौ ८ गते हुने बताइएको छ। महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नु हुने र भदौ १० गते गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा समापन गरिने बताईएको छ।

अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष स्वागतमान सिंह भण्डारी, नवीन भण्डारी, बुद्धिबहादुर खत्री क्षत्री, प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतम लगायतले महोत्सवको तयारीका बारेमा बोलेका थिए । स्वागत द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र संचालन सचिव शोभा बानियाँले गरेकी थिइन् ।

यसैबीच, लामाचौरको सरस्वती आदर्श विद्याश्रमले एम्बुलेन्स संचालन सहयोगार्थ समाजलाई नगद १० हजार सहयोग गरेको छ । प्राचार्य कृष्ण गुरुङले उक्त रकम अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका हुन् । विद्यालयले वर्षेनि सहयोग गर्दै आएको छ ।

 

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…