२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरदेश

‘नियमित महाधिवेशन ढिला भयो भने पुस २८ मै विशेष महाधिवेशन’

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग निरन्तर बलियो बन्दै गएको छ। पार्टीभित्रको हस्ताक्षर अभियानलाई अगाडि बढाउँदै आएका नेताहरूले बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै नियमित महाधिवेशन समयमा सम्पन्न गर्न नसकिए पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा आह्वान गर्नुपर्ने बताएका छन्।

विशेष महाधिवेशनका हस्ताक्षर अभियानका नेतृत्वकर्ता गुरुराज घिमिरेले अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी विधानको धारा १७(२) ले तोकेको व्यवस्था नेतृत्वका लागि बाध्यकारी रहेको बताउँदै अब अनिर्णयका नाममा महाधिवेशन टार्ने प्रयास सह्य नहुने चेतावनी दिए।

उनका अनुसार असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइसकेपछि विशेष महाधिवेशन बोलाउने संवैधानिक आधार स्पष्ट भइसकेको छ। घिमिरेले जेनजी आन्दोलनपछि देशको राजनीतिक परिवेश बद्लिएको उल्लेख गर्दै पार्टीलाई नीति–पुनरावलोकन, संरचनागत परिमार्जन र नेतृत्व परिवर्तन को आवश्यकता भएकै कारण विशेष महाधिवेशन अपरिहार्य बनेको बताए। उनले भने, “१५ औँ महाधिवेशन समयमा हुन नसक्ने देखिएको छ भने त्यसै अवधिमा विशेष महाधिवेशन सम्पन्न गरियोस् भन्ने ५५ प्रतिशत प्रतिनिधिको माग हो।”

पत्रकार सम्मेलनमा नेता लेखनाथ पोखरेलले पनि नियमित महाधिवेशनसम्बन्धी कार्यतालिका आफ्नो समूहलाई स्वीकार्य नभएको पुनः स्पष्ट पारे। उनले नेतृत्वमा देखिएको अनिर्णयले पार्टीलाई बन्दी बनाइरहेको आरोप लगाउँदै भने, “विधानले पुस २८ भित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ। यसबाहेक कुनै विकल्प स्वीकार्य हुँदैन।”

विशेष महाधिवेशन पक्षधर समूहले आगामी फागुन २१ मा तोकिएको आम निर्वाचनअघि नै कांग्रेसले नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने जिकिर गर्दै पार्टीलाई स्पष्ट निर्णयतर्फ अघि बढ्न आग्रह गरेको छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…