
पोखरा। लायन्स क्लब अफ पोखरा जननीको आयोजनामा र हिमालयन आँखाअस्पतालको प्राविधिक सहयोगमा श्री महेन्द्र मा.वि., पोखरा–०९, नयाँबजारमा आयोजित नि:शुल्क आँखा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत ४३० जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक–३२५ आई नेपालका डिष्ट्रिक गभर्नर पार्वती खरेल पाण्डे द्वितीय भाइस डिष्ट्रिक गभर्नर शैलेन्द्र मोहन भट्टराईले हिमालयन आँखा अस्पतालका प्राविधिक चित्रा पनेरूसहितको टोलीलाई औषधि तथा किट हस्तान्तरण गर्दै स्वास्थ्य सेवामा क्लबको निरन्तर सक्रियताप्रति प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रममा साइट फर किड्स कार्यक्रमका कोर्डिनेटर मिलन के. शी, एरियाका कोर्डिनेटर मेनुका श्रेष्ठ, र रिजन चेयरपर्सन बद्रिका ढुंगानाको विशेष उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले स्वागत मन्तव्य राख्दै विद्यालयमा गरिएको स्वास्थ्य परीक्षणले विद्यार्थीहरूको स्वास्थ्य सचेतना र सुरक्षामा महत्वपूर्ण योगदान गरेको बताए । हिमालयन आँखा अस्पतालको प्राविधिक टोलीले परीक्षणमा आवश्यक ठहरिएका विद्यार्थीहरूलाई निःशुल्क औषधि वितरण समेत गरेको थियो।
क्लबका अध्यक्ष लक्ष्मी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सचिव दिपा शर्माले गरेकी थिइन्।








सम्बन्धित खवर
















