
पोखरा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर ३ र कास्की २ मा उम्मेदवार मनोनयन प्रक्रिया पूरा गरेको छ। दुवै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ आकांक्षी नेताहरूको उल्लेख्य सहभागिता देखिएको छ।
कास्की–३ मा २९ जनाको आकांक्षा
कास्की क्षेत्र नम्बर ३ मा सोमवार सम्पन्न मनोनयन कार्यक्रममा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ १३ जना गरी कुल २९ जनाले उम्मेदवारीका लागि नाम दर्ता गराएका छन्। प्रत्यक्षतर्फका आकांक्षीहरू: मनोज गुरुङ, विजय गुरुङ, देवन्द्र केसी, मोहदत्त पोखरेल, धर्मराज अधिकारी, सिता गुरुङ, डा. कृष्ण प्रसाद पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर वराल, जीवन प्रसाद बास्तोला, भेषराज पराजुली, रामप्रसाद अधिकारी, यमकृष्ण पौडेल र लक्ष्मी प्रसाद पौडेल रहेका छन्।
त्यस्तै समानुपातिकतर्फका आकांक्षीहरू: कृष्ण कुमारी परियार, कमला बिन्दु वराल, विजयालक्ष्मी कोइराला, सिता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुबेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवन्द्र कुमार शेरचन, जित बहादुर गुरुङ, मन बहादुर विश्वकर्मा र भिम बहादुर गुरुङले आकंक्षा प्रस्तुत गरेका हुन् ।
मनोनयन दर्तासँगै कास्की–३ मा आगामी निर्वाचनप्रति स्थानीय कार्यकर्ता तथा मतदातामा उत्साह र चहलपहल बढ्दै गएको देखिन्छ। क्षेत्रीय समितिले संकलन गरेका नाममा सहमतिको प्रयास गरिने र अन्तिम निर्णय भने केन्द्रिय संसदीय बोर्डले लिने कांग्रेसले जनाएको छ।
कास्की–२ : १९ जनाको मनोनयन
कास्की क्षेत्र नम्बर २ मा कांग्रेसले आयोजना गरेको मनोनयन कार्यक्रममा प्रत्यक्ष तर्फ १३ जना र समानुपातिकतर्फ ६ जना गरी १९ जनाले आकांक्षा प्रस्तुत गरेका छन्। प्रत्यक्षतर्फका आकांक्षीहरू: वीरेन्द्र नारायण बिजुक्छे, देवराज गुरुङ, ऋषिराम काफ्ले, माधवप्रसाद बास्तोला (मधु), सिरोज विजय कोइराला, ई. सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल र माइकल कर्माचार्यले उम्मेदवारी दिएका छन् ।
समानुपातिकतर्फका आकांक्षीहरू: रङ्गीला आचार्य, उमा ठकुरी, शान्ति कुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइराला रहेका छन् ।
कार्यक्रममा सहभागी आकांक्षीहरूले आफ्ना विचार, अनुभव र प्राथमिकता प्रस्तुत गरेका थिए। मनोनयन दर्ता भएपछि कास्की–२ मा आन्तरिक प्रतिस्पर्धा थप तिव्र बन्दै गएको छ।
अन्तिम उम्मेदवार छान्ने जिम्मेवारी केन्द्रमा
कांग्रेसको विधानअनुसार क्षेत्रीय समितिले संकलन गरेका नामहरूमा सम्भावित सहमतिको प्रयास गरिनेछ। सहमति नजुटेमा सबै नाम रायसहित जिल्ला र प्रदेश पार्टी तह हुँदै केन्द्रमा पठाइनेछ। दुवै क्षेत्रका अन्तिम उम्मेदवारको टुंगो नेपाली कांग्रेस केन्द्रीय संसदीय बोर्डले लगाउनेछ।






सम्बन्धित खवर
















