0Shares

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा भुजेल/घर्ती समाजको प्रथम भेला बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ।

भेलाबाट भुपाल घर्ती समाजको अध्यक्षमा निर्वाचित भएका छन् । दिल बहादुर घर्ती उपाध्यक्ष, कृष्ण भुजेल सचिव तथा मनरुपा घर्ती कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

कार्यसमितिमा सदस्यहरूको रूपमा यम बहादुर भुजेल, राम बहादुर भुजेल, सुशीला भुजेल लगायतलाई चयन गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले समाजले गाउँपालिकामा सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा समुदाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नव–निर्वाचित अध्यक्ष भुपाल घर्तीले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा सबैप्रति धन्यवाद ज्ञापन गर्दै समाजको हित तथा समुदायको समृद्धि लक्षित कार्यक्रमहरू अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

भेलामा स्थानिय जनप्रतिनिधिहरू, समाजका अग्रज, युवा तथा महिलाको उत्साहजनक उपस्थिति थियो। उपस्थित सहभागीहरूले समाजको औपचारिक गठनले समुदायको पहिचान, अधिकार अभिवृद्धि तथा सामाजिक एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected