
पोखरा । लायन्स अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेपछि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सम्पूर्ण डिष्ट्रिक्ट ३२५ ‘आई’ परिवारप्रति आभार व्यक्त गरेकी छन्।
भारतको अहमदाबादमा सम्पन्न ५३औँ इशामे एरिया फोरममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालले सर्वोत्कृष्ट डिष्ट्रिक्ट को उपाधि प्राप्त गर्न सफल भएको हो। डिष्ट्रिक्ट गभर्नर पाण्डेको नेतृत्वमा डिष्ट्रिक्टले Mission 1.5 अन्तर्गत सदस्यता विस्तारमा १११ प्रतिशत लक्ष्य हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा उदाहरणीय प्रदर्शन गरेको थियो।
यस ऐतिहासिक उपलब्धि सम्पूर्ण लायन सदस्यहरूको एकता, समर्पण र सेवाभावको प्रतिफल भएको उल्लेख गर्दै डिष्ट्रिक्ट गभर्नर पाण्डेले सबै पदाधिकारी, क्लब, लायन सदस्य तथा सहयोगीहरूप्रति विशेष धन्यवाद ज्ञापन गरेकी छन्।
उक्त सफलताले “Serve, Lead & Rise” को नारालाई व्यवहारमा उतार्दै डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको पहिचान विश्वस्तरमा अझ सुदृढ बनाएको छ। यस उपलब्धिले आगामी दिनहरूमा सेवा, नेतृत्व र प्रभावकारी सहभागिताका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।











