27Shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार र प्रमुख राजनीतिक दलहरूबीच समझदारी भएको छ। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको छलफलमा निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउने सहमति जुटेको हो।

छलफलमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण निर्माणका लागि विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि भएको छ।

छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थिति गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै यसको निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताउनुभयो। “देशलाई निकास दिनका लागि निर्वाचनको घोषणा गरिएको हो। यस्तो अवस्थामा निर्वाचन सफल बनाउनु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected