44Shares

नुवाकोट । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालद्वारा शिवपुरी आधारभूत अस्पताल, शिवपुरी गाउँपालिका–नुवाकोटमा मेडिकल उपकरण हस्तान्तरण गरेको छ।

लायन्सको अन्तर्राष्ट्रिय फाउन्डेसन (LCIF) अन्तर्गत प्राप्त एक लाख अमेरिकी डलर बराबरको ग्रान्ट रकम तथा शिवपुरी गाउँपालिका, लायन्स क्लब अफ काठमाडौं मिडटाउन र लायन्स क्लब अफ काठमाडौं ओमकारको २५ प्रतिशत थप सह-लगानीमा कुल १ करोड ७६ लाख २० हजार ३ सय ९ रुपैयाँ बराबरका अत्याधुनिक मेडिकल उपकरण अस्पताललाई हस्तान्तरण गरिएको डिष्ट्रिक्ट चिफ अनुज कुमार श्रेष्ठले बताए ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षता, पास्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा  इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी राजन लम्साल र शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा IPDG विनोद ढुङ्गाना, PMCC मनबहादुर रोक्का, PDG इन्दु लम्साल, प्रथम भाइस  डिष्ट्रिक्ट गभर्नर  सूर्य केसी तथा शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङलगायतको आतिथ्यता रहेको थियो।

डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठका अनुसार कार्यक्रममा बोल्ने वक्ताहरूले ग्रामीण क्षेत्रका अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न लायन्स क्लबले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका थिए। यस किसिमको सहकार्यले स्थानीय नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण संघ–संस्था, दातृ निकाय तथा सहभागी सबैप्रति लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले हार्दिक आभार व्यक्त गरेको छ।

44Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected