२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
शिक्षा

जानकी माविका विद्यार्थीलाइ न्यानो कपडा

पोखरा।  स्वान्त सुखाय परोपकार संस्थाले जानकी माध्यमिक विद्यालयका  विद्यार्थीलाई न्यानो पोषाक वितरण गरेको छ । विद्यालयका नर्सरी र कक्षा एकका २७ जना वालवालिकालाई टिसर्ट सहितको  ट्रयाकसुट सेट वितरण गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले बढ्दो जाडोको मौसममा वितरण गरिएको स्कूलको पोषाक सहितको न्यानो कपडाले बाबुनानीको स्वास्थ्यमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सामुदायिक विद्यालयमा भौतिक लगायत आवश्यक संरचना र योग्य शिक्षक भएपनि शैक्षिक गुणस्तर कायम हुन नसकेको बताउँदै त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक प्रयासको खाँचो औल्याउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सिता काफ्ले भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तुलसी गिरी लगायतले वालवालिकालाई पोषाक वितरण गरेका थिए । वितरण समारोहमा प्रत्येक विद्यार्थीका अभिभावकको सहभागिता रहेको थियो ।
सो संस्थाले पोखरा विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा विपन्न वर्गका विरामीलाई उपचार सहयोग, वालश्रम न्यूनिकरणका लागि विद्यालय सञ्चालन गरेर ७० जना वालवालिकालाई पठनपाठनमा जोड दिंदै आएको छ भने त्यस्ता वालवालिकाका अभिभावकलाई समेत सचेतिकरण कार्यकक्रम  सञ्चालन गर्दै आएको छ ।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…