
धुलिखेल, काभ्रे — लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेयको आह्वानमा डिष्ट्रिक्टको तेस्रो नियमित डिष्ट्रिक्ट क्याबिनेट बैठक आउदो माघ १६ र १७ गते हुने भएको छ।
बैठक धुलिखेल नगरपालिकाको सभा हल, धुलिखेल, काभ्रे मा आयोजना गरिने डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राम बहादुर श्रेष्ठले जानकारी दिए ।
तेस्रो क्याबिनेट बैठक सम्पन्न गर्नका लागि मेन्टर भोला थापा तथा कार्यक्रम संयोजकमा डिष्ट्रिक्ट को–अर्डिनेटर धिरज श्रेष्ठको संयोजकत्वमा सम्पन्न हुन गइरहेको छ ।
बैठकको आयोजना काठमाडौं र काभ्रेस्थित विभिन्न लायन्स क्लबहरूले गरेका छन्। बैठक आयोजना गर्ने क्लबहरूमा लायन्स क्लब अफ काठमाडौं रञ्जना, काठमाडौं रक्तदाता समूह,काठमाडौं टेम्पल पिस काभ्रे, काठमाडौं पूर्व क्षितिज काभ्रे, काठमाडौं माँ चण्डेश्वरी, काठमाडौं बेथानचोक, काठमाडौं इन्द्रेश्वर, काठमाडौं काभ्रे गोसाइँस्थान र लायन्स क्लब अफ काठमाडौं काभ्रे नमोबुद्ध रहेका छन्।
डिष्ट्रिक्टका पदाधिकारी तथा सम्पूर्ण लायन्स सदस्यहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताले बैठकलाई प्रभावकारी तथा सफल बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। बैठकमा हालसम्मका डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरूले सम्पादन गरेका कार्यक्रमहरूको समीक्षा, आगामी योजना तथा संगठनात्मक विषयहरूमा छलफल हुने जनाइएको छ।
लायनवादको सेवाभावलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यस महत्वपूर्ण बैठकलाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग अपेक्षित गरिएको छ।






सम्बन्धित खवर
















