9Shares

पोखरा । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष रूपमा थप सशक्त बनाउने उद्देश्यसहित नयाँ आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ। बैंकले यही माघ १ गते (विहीबार) देखि लागू हुने गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याएको हो।

बैंकको दीर्घकालीन रणनीतिअन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव पारित भएको थियो। उक्त प्रस्तावअनुसार आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो तथा छाप औपचारिक रूपमा कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ।

परिवर्तित लोगोले विकास बैंकको आधुनिक, सरल र पहिचानयोग्य स्वरूपसँगै विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउने विश्वास बैंकले लिएको छ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected