17Shares

काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ। गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको हो।

सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्दै यसको पहिलो सुनुवाइका लागि माघ ६ गते पेसी तोकेको छ। सोही दिन आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया पनि सञ्चालन हुने छ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। देउवा पक्षले रिट दर्ता भएकै दिन पेसी तोकेर तत्काल सुनुवाइ गरिदिन आग्रह गरेको थियो। तर सर्वोच्च प्रशासनले आजकै दिन पेसी तोक्न सम्भव नभएको जानकारी दिएपछि रिट दर्ता गरेर उनीहरू फर्किएका छन्।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected