२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

श्रीपञ्चमी मेलामा अर्मलाकोट पर्वतीय दौड : भलिबल, छेलो र सिद्ध बराह पूजा हुने, तयारी पूरा

पोखरा । हरेक वर्षझैँ यस वर्ष पनि अर्मलाकोटमा पर्वतीय दौड आयोजना हुने भएको छ । अर्मलाकोट पर्वतीय दौडको १०औँ संस्करण माघ ९ गते बिहान ७ बजे पोखराको केआईसिंह पुलबाट सुरु हुने भएको हो ।

पर्वतीय दौडका संयोजक जुम प्रसाद गुरुङका अनुसार १२ किलोमिटर दूरीको यो दौड केआईसिंह पुलबाट सुरु भई बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुँदै डि गाउँ, टाडा बिसाउने र पात्ले पार गर्दै अर्मलाकोट पुगेर सम्पन्न हुनेछ ।

दौड सफलतापूर्वक सम्पन्न गर्न जुम गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समितिगठन गरिएको छ । साथै अर्मलाकोटका पुराना बासिन्दा हाल बेलायतमा बसोबास गरिरहेका व्यक्तिहरूको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । आर्थिक व्यवस्थापनमा जितबहादुर गुरुङको समन्वयमा किरण गुरुङले आर्थिक संयोजकको भूमिका निर्वाह गरेका छन् ।

प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । स्वयंसेवक संयोजकमा गंगाबहादुर गुरुङ, पुरस्कार व्यवस्थापनमा ईश्वर गुरुङ, भोजन व्यवस्थापनमा भीम गुरुङ, रुट (बाटो) व्यवस्थापनमा उदिम गुरुङ रहेका छन् । त्यस्तै संघ–संस्था समन्वयमा बबिन गुरुङ, प्रचार–प्रसारमा अमृत परियार, मञ्च व्यवस्थापनमा सचिन परियार, स्वास्थ्य संयोजकमा सोम परियार र अतिथि सत्कार संयोजकमा सूर्य सुबेदी रहेका छन् । अतिथि सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिति र अर्मला आमा समूहलाई दिइएको छ भने सचिवालय व्यवस्थापन संयोजकमा ईश्वर गुरुङ रहेका छन् ।

दौड प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, द्वितीयलाई २० हजार, तृतीयलाई १५ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अर्मलाकोट क्लबले जानकारी दिएको छ । साथै वडा नं. १६ स्तरीय दौड प्रतियोगिता पनि समावेश गरिएको छ ।

श्रीपञ्चमीको अवसरमा आयोजना हुने यस मेलामा स्थानीय सिद्ध बराह (म्हउदु बराह) को भव्य पूजागरिनुका साथै पर्वतीय दौडसँगै गाउँस्तरीय भलिबल प्रतियोगिता र छेलो प्रतियोगिता पनि सञ्चालन गरिनेछ । सबै कार्यक्रमका लागि आवश्यक तयारी पूरा भइसकेको संयोजक जुम गुरुङले जानकारी दिएका छन् ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…