२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

विवादभन्दा टाढा, संगठनसँग नजिक: कास्की–१ मा तिलक रानाभाट किन ?

पोखरा। नेपाली काँग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक गुटबन्दी, असन्तुष्टि र विवादको पृष्ठभूमिमा कास्की क्षेत्र नं. १ का लागि तिलक रानाभाटको उम्मेदवारीलाई धेरैले “सेफ र संगठनमुखी विकल्प” का रूपमा व्याख्या गर्न थालेका छन्। निरन्तर पार्टी राजनीतिमा सक्रिय रहँदै आए पनि प्रत्यक्ष विवादमा नपरेका, संगठन निर्माण र संस्थागत काममा बढी चिनिएका रानाभाटलाई काँग्रेसले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनु पछाडि यही सन्तुलनको खोजी मुख्य कारण मानिएको छ।

कास्की काँग्रेस अघिल्लो निर्वाचनदेखि नै आन्तरिक द्वन्द्वको चपेटामा रहँदै आएको थियो। टिकट वितरणकै विषयमा उत्पन्न विवाद, नेताहरूबीचको सार्वजनिक असन्तुष्टि र कारबाहीसम्म पुगेको घटनाले पार्टी कमजोर बनाएको अनुभूति केन्द्रसम्म पुगेको देखिन्छ। यही परिस्थितिमा पार्टी नेतृत्वले यसपटक विवादमा तानिएका भन्दा पनि संगठनसँग लामो समयदेखि जोडिएका, केन्द्र र जिल्लाबीच समन्वय गर्न सक्ने र कम विवाद, बढी संगठन को छवि बनाएका पात्रलाई अघि सार्ने रणनीति लिएको बताइन्छ।

विद्यार्थी राजनीतिबाट सुरु भएको रानाभाटको राजनीतिक यात्रा नीति, प्रशिक्षण, निर्वाचन परिचालन र आर्थिक समितिसम्म आइपुगेको छ। तीनपटक महाधिवेशन प्रतिनिधि, नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य, केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिनिधि र हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी पार्टी संरचनामा ‘ग्रासरुटदेखि केन्द्र’ सम्म अनुभव बटुलेका नेता हुन्। यही निरन्तरता र संस्थागत अनुभवले उनलाई कास्की–१ का लागि उपयुक्त उम्मेदवार बनाएको काँग्रेस वृत्तको बुझाइ छ।

पार्टीभित्र चर्चा भएजस्तै, विवादमा नपर्नु मात्र होइन, संगठनलाई प्राथमिकतामा राखेर काम गर्ने स्वभाव, केन्द्रसँगको पहुँच र व्यवस्थापन क्षमताले पनि रानाभाटको उम्मेदवारीलाई बल पुगेको देखिन्छ। वैदेशिक रोजगार व्यवसायीका रूपमा लामो अनुभव, कानुन व्यवसाय र विभिन्न आर्थिक संस्थामा संलग्नताले उनलाई व्यवस्थापन र नीतिगत विषयमा परिपक्व बनाएको पार्टी नेताहरू बताउँछन्।

कास्की–१ मा यसपटक काँग्रेसले विगतको आन्तरिक असन्तुलनबाट पाठ सिक्दै जितको सम्भावना बढाउने रणनीति अख्तियार गरेको संकेत रानाभाटको उम्मेदवारीले दिन्छ। विवादभन्दा टाढा, संगठनसँग नजिक रहेका तिलक रानाभाटलाई अघि सार्नु त्यसै रणनीतिको परिणाम हो—जसले काँग्रेसलाई कास्की–१ मा पुनः भरोसायोग्य प्रतिस्पर्धामा उभ्याउने अपेक्षा गरिएको छ।

Read more

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…