26Shares

पोखरा । “मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जेसीआई पोखरा लेडी जेसीजले  मङ्गलबार वार्षिक कार्ययोजनाअन्तर्गत राधाकृष्ण वृद्ध आश्रम, गगनगौडा–३० मा आश्रित ५० जना वृद्ध बुबाआमालाई न्यानो कपडा तथा अत्यावश्यक सामग्री वितरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

पोखरा लेडी जेसीजका अध्यक्ष सुनिता गौतम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष ऋषिराम जमरकटेल, विशेष अतिथिहरूमा राधाकृष्ण वृद्ध आश्रमका अध्यक्ष विश्वराज लामिछाने, समाजसेवी मिनबहादुर भण्डारी, लेखनाथ जेसीज वर्ष २०२६ का अध्यक्ष सर्वेन्द्र न्यौपाने, पूर्व अध्यक्ष मिनु श्रेष्ठ कुवँर तथा समाजसेवी कृष्ण अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

सरिता भुजेलले संयोजन गरेको कार्यक्रम सञ्चालन सृजना आलेको रहेको थियो ।  कार्यक्रमले वृद्धबुबाआमाहरूको दैनिकीमा राहत पुर्‍याउनुका साथै सामाजिक उत्तरदायित्वप्रति जेसीआई पोखरा लेडी जेसीजको प्रतिबद्धता पुनः उजागर गरेको सहभागीहरूले बताएका छन्।

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected