२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक धुलिखेलमा सुरु, सात महिनाको कार्यसम्पादन समीक्षा

धुलिखेल, काभ्रे । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट पदाधिकारीहरूको दुईदिने बैठक काभ्रेको धुलिखेलमा शुक्रबारबाट सुरु भएको छ। डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकको उद्घाटन सत्रमा लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनका एरिया लिडर आईडी ईन्डोर्सी राजन लम्साल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

बैठकको पहिलो दिन डिष्ट्रिक्टले पछिल्ला सात महिनाको अवधिमा गरेको कार्यसम्पादनको मूल्याङ्कन, कार्यक्रम तथा गतिविधिहरूको समग्र समीक्षा र भावी रणनीतिबारे क्याबिनेटका सिनियर लायन्स लिडरहरूबीच गहन छलफल भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल मल्टिपल डिष्ट्रिक्टभित्र उत्कृष्ट रहेको उल्लेख गर्दै हालसम्म हासिल भएका उपलब्धिलाई आधार बनाएर आगामी वर्ष अझै बढी उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए। देशको विकास र समृद्धिमा लायन्सले अघि सारेका समाजसेवामूलक कार्यहरू प्रशंसनीय रहेको बताउँदै उनले लायन्स सदस्यहरूले मन, वचन र कर्मबाट समाजसेवामा समर्पित भएर काम गरिरहेको धारणा व्यक्त गरे।

डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले वार्षिक कार्यक्रम कार्यान्वयन सुरु गरेको आधा कार्यकालमै डिष्ट्रिक्टले उल्लेख्य सफलता हासिल गरेकोमा खुशी व्यक्त गरिन्। उनले यस सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण पदाधिकारी, क्लब र सदस्यहरूप्रति आभार प्रकट गरिन्।

कार्यक्रममा पीएमसिसी मनबहादुर रोका तथा पूर्व डिष्ट्रिक्ट गभर्नरहरू रामबहादुर बेसल, इन्दु लम्सालले लायन्स सदस्यहरूमा जस्तै सबैमा समर्पण, मन र लगाव भए समृद्ध मुलुकको सपना साकार पार्न कठिन नहुने बताए।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले डिष्ट्रिक्टले सम्पन्न गरेका महत्वपूर्ण गतिविधिहरू र आगामी योजनाबारे प्रकाश पारे।

त्यस अवसरमा क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठ र क्याबिनेट ट्रेजरर महेन्द्रकुमार राठीले सात महिनामा सम्पन्न कार्यक्रम तथा भावी रणनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै, डिष्ट्रिक्टका पदाधिकारी, रिजन तथा जोन चियरपर्सनहरूले आ–आफ्ना जिम्मेवारी र भावी कार्यनीतिबारे जानकारी गराए।

शनिबार डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण सदस्यहरूको सहभागितामा फेलोशिप बैठक आयोजना गरिनेछ। बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी तेस्रो क्याबिनेट बैठक मूल आयोजक समितिका संयोजक धिरज श्रेष्ठले दिएका छन्। उनका अनुसार करिब १ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ भने ९ सय जनाले प्रि–रजिस्ट्रेसन गरिसकेका छन्।

तेस्रो क्याबिनेट मिटिङको मेन्टर भोला थापा तथा कार्यक्रम संयोजक डिष्ट्रिक्ट को–अर्डिनेटर धिरज श्रेष्ठको संयोजकत्वमा आयोजना सम्पन्न हुदैं गरेको बैठकको आयोजना काठमाडौं र काभ्रेका विभिन्न लायन्स क्लबहरूले संयुक्त रूपमा गरेका हुन्।

बैठक आयोजना गर्ने क्लबहरूमा लायन्स क्लब अफ काठमाडौं रञ्जना, काठमाडौं रक्तदाता समूह, काठमाडौं टेम्पल पिस काभ्रे, काठमाडौं पूर्व क्षितिज काभ्रे, काठमाडौं माँ चण्डेश्वरी, काठमाडौं बेथानचोक, काठमाडौं इन्द्रेश्वर, काठमाडौं काभ्रे गोसाइँस्थान तथा लायन्स क्लब अफ काठमाडौं काभ्रे नमोबुद्ध रहेका छन्।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…