21Shares

पोखरा । कास्की ३ का नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङले बदलिएको नेपाली कांग्रेसप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन्। उनले पोखरा–६ लेकसाइडमा उद्घाटन भएको पार्टी निर्वाचन सम्पर्क कार्यालयमा बोल्दै भने, “हामी सत्ता र सुविधाका लागि होइन, जनसेवाका लागि राजनीतिमा आएका हौँ।”

गुरुङले निर्वाचनलाई केवल जित–हारको प्रतिस्पर्धा नभई जनतासँगको भरोसाको परीक्षा भएको उल्लेख गर्दै विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता बनाउने बताए।

स्थानीय समस्याको समाधान स्थानीय सहभागिताबाट मात्रै सम्भव हुने भएकाले उनले युवाहरू, महिला र सबै नागरिकलाई राजनीतिक प्रक्रियामा सक्रिय हुन आह्वान गरे। गुरुङले स्पष्ट पारे, “जनताले दिएको मतको अपमान म कहिल्यै गर्दिनँ। मेरो काम, व्यवहार र निर्णयले कसैलाई लज्जित हुन दिन्न।”

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected