0Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रचार–प्रसार सुरु हुनुअघि राजनीतिक दल र उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । तर, हालसम्म कुनै पनि राजनीतिक दलले निर्वाचन आयोगमा घोषणापत्र पेस नगरेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको दफा ३७ अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी त्यसकै आधारमा प्रचार–प्रसार गर्नुपर्ने व्यवस्था छ । आयोगका अनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचार–प्रसार सुरु हुने कार्यतालिका रहे पनि आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलको घोषणापत्र दर्ता नभएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

आचारसंहिताअनुसार राजनीतिक दलले निर्वाचन घोषणापत्र निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ । साथै, राजनीतिक दल वा निर्वाचित उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसारको कार्यप्रगतिबारे प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जिसीले बताए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected