19Shares

पोखरा। महाशिवरात्रि पर्वको विशेष अवसर पारेर पोखरा लेडी जेसीजले केदारेश्वर मन्दिर परिसरमा  हेल्थ डेस्क सञ्चालन गरेको छ। आइतबार मेडिप्लस हस्पिटलकोसँगको सहकार्यमा जेसी सुनिता गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

“सेवा नै धर्म हो, मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसात गर्दै शिवरात्रिका दिन मन्दिर दर्शनका लागि आउने श्रद्धालुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी उक्त सेवा प्रदान गरिएको अध्यक्ष गौतमले बताइन् । उग्स्फ़ अनुसार पर्वका बेला भीडभाड बढ्ने भएकाले अचानक देखिन सक्ने स्वास्थ्य समस्या, थकान, उच्च रक्तचाप, मधुमेह सम्बन्धी असहजता, सामान्य चोटपटक तथा अन्य प्राथमिक उपचारका लागि हेल्थ डेस्क स्थापना गरिएको थियो।

कार्यक्रममा स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। हेल्थ डेस्कमार्फत रक्तचाप तथा सुगर जाँच, सामान्य स्वास्थ्य परामर्श, प्राथमिक उपचार, औषधि वितरण लगायतका सेवा प्रदान गरिएको संयोजक जेसी बिनिता केसीले जानकारी दिइन्। उनका अनुसार, सेवाबाट कुल १२० जना भक्तजन प्रत्यक्ष लाभान्वित भएका छन्।

अध्यक्ष सुनिता गौतमले धार्मिक पर्वहरूमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायमै पुगेर सेवा दिनु जेसीजको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। सहकार्य संस्थाका प्रतिनिधिहरूले पनि सामुदायिक स्वास्थ्य प्रवर्द्धनका लागि निजी क्षेत्र–सामाजिक संस्थाबीचको सहकार्य प्रभावकारी हुने धारणा राखेका थिए।

महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको उल्लेख्य भीड लाग्ने गर्दछ। सोही सन्दर्भमा पोखरा लेडी जेसीजले सञ्चालन गरेको हेल्थ डेस्कले भक्तजनहरूलाई सहज र सुरक्षित वातावरणमा दर्शन गर्न सहयोग पुगेको श्रद्धालु भक्तजनले बताए।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected