रानाभाटको घरदैलो अभियान तीव्र, “कांग्रेसकै नेतृत्वमा समृद्ध नेपाल” को उद्घोष

पोखरा— तिलक रानाभाटले कास्की क्षेत्र नम्बर १ मा आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उनले पोखरा महानगरपालिका वडा नम्बर २८ का विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।
मतदाता भेटघाट कार्यक्रममा बोल्दै रानाभाटले अब बन्ने सरकार नेपाली कांग्रेसको नेतृत्वमा गठन हुने दाबी गर्दै त्यसको नेतृत्व गगन थापा ले गर्ने बताएका छन्। “समृद्ध नेपाल निर्माणको परिकल्पना साकार पार्न कांग्रेस दृढतापूर्वक अघि बढिरहेको छ,” उनले भने।
कार्यक्रममा बोल्दै कृष्णबहादुर केसी ले सचिएको र सुध्रिएको कांग्रेस नै विकासको अन्तिम विकल्प भएको दाबी गरे। त्यस्तै, वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने ले वडाको विकाससँगै देशको समग्र विकास कांग्रेस नेतृत्वमा तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। महासमिति सदस्य विकास लामा गुरुङ ले कास्की क्षेत्र नम्बर १ को समग्र विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
घरदैलो कार्यक्रमअन्तर्गत वडा नम्बर २८ का काफलघारी, माझठाना, रैकर र स्याङखुदी लगायतका स्थानमा मतदाता भेटघाट गरिएको थियो। विश्वरमण अधिकारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की जिल्ला उपसभापति रामबाबु भण्डारी, नेता वीरबहादुर बुढाथोकी, विद्यार्थी नेता निरोज लामिछाने लगायत स्थानीय नेताहरू सागर अधिकारी र टिकाराम लामिछानेको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव जीवन तिवारी र राजेश भण्डारीले गरेका थिए।






सम्बन्धित खवर















