२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

‘विकास र समृद्धि नै एकमात्र अर्जुन दृष्टि’– कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्य

पोखरा, ९ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. २१ कृष्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले विकासको गति तीव्र र गुणस्तरीय बनाउन कानुनी अड्चन हटाउनु तथा आवश्यक नयाँ नीति र कानुन निर्माण गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गरे । उनले त्यसका लागि संसदमा प्रभावकारी भूमिका र जोडदार पहल आवश्यक भएको बताए ।
उम्मेदवार आचार्यले मतदाताको मत र जनआदेशलाई सम्मान गर्दै संसदमा जनताको शिर ठाडो पार्ने गरी भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले निर्वाचित भएपछि पनि निरन्तर जनतासँग सम्पर्कमा रहने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, बजेट समयमै कार्यान्वयन गराउने तथा शिक्षा, स्वास्थ्य र रोजगारी सुधारका लागि प्रभावकारी नीति निर्माणमा सक्रिय रहने बताए ।
त्यसैगरी, उनले स्थानीय तह र वडा स्तरका आवश्यकता र समस्यालाई नीति निर्माणमा समेट्दै जनमैत्री कानुन निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उम्मेदवार आचार्यले पोखरा–२१ सहित दक्षिणी पोखरा क्षेत्रलाई पर्यापर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित “ग्रीन हिल हाई होप टुरिज्म डेस्टिनेसन” अवधारणालाई अघि बढाउने योजना रहेको जानकारी दिए । स्थानीय सुझावलाई प्राथमिकतामा राखेर पर्यटन, पूर्वाधार र रोजगारीका अवसर विस्तार गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
मतदाता भेटघाट कार्यक्रममा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्य प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रीय सदस्य भीम कार्की, अनेम संघकी केन्द्रीय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, निर्वाचन क्षेत्र उपसंयोजक बलराम आचार्य, सचिव झपट रानाभाट लगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको एमाले पोखरा–२१ का अध्यक्ष राजेन्द्र थापाले जानकारी दिए ।

Read more

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…