14Shares

पोखरा, ९ फागुनतिलक रानाभाट लाई पोखरा महानगरपालिका वडा नम्बर १२ का स्थानीयहरूले “अबको कांग्रेस र देशकै भविष्य” का रूपमा चित्रित गर्दै यस वडाबाट बहुमतसहित विजयी गराउने प्रतिबद्धता जनाएका छन्।

वडाबासीहरूले नेपाली कांग्रेसका युवा उम्मेदवार सन्तोष बास्तोला ले अघिल्लो निर्वाचनमा जित हासिल गरेको स्मरण गर्दै, यसपटक पनि सोही उत्साह र एकताका साथ रानाभाटलाई विजयी गराउने दायित्व आफूहरूको भएको बताएका हुन्।

घरदैलो तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा ले अबको सरकार कांग्रेस नेतृत्वमै बन्ने दाबी गरे। उनले देश विकासले अग्रगामी छलाङ मार्ने विश्वास व्यक्त गर्दै रुख चिन्हमा मतदान गरी कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरे।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष बास्तोलाले देशको निकास र दिगो विकास नेपाली कांग्रेसबाट मात्रै सम्भव हुने उद्घोष गरे।

सो अवसरमा नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति एवं चुनाव परिचालन समितिका संयोजक राजेन्द्रमणि लामिछाने, प्रदेश सभापति कृष्ण कोइराला, महाधिवेशन प्रतिनिधि डम्बरजन गुरुङ, स्थानीय नेतृ मायादेवी तज्या, शान्तबहादुर थापा, डुमप्रसाद गुरुङ, ढोलप्रसाद गुरुङ लगायतले पनि आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन वडा सचिव शिवप्रसाद कोरेलाले गरेका थिए भने जानकारी क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले दिएका हुन्।

चुनाव प्रचार कार्यक्रम अन्तर्गत शनिबार वडा नम्बर १२ का पुरानो धारा, शीतलदेवी, बरालडाँडा समाज, मियापाटन, चापापानी, फुलबारी, माटेपानी, हस्पिटल चोक, ढिकालेथर, माछापोखरी चोक र कुणहर लगायतका स्थानमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected