0Shares

धादिङ। पोखराबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आज बिहान करिब १ः१५ बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदी किनारमा खसेको हो।

दुर्घटनामा मृत्यु भएका १७ जनाको शव निकालिएको छ। मृतकमध्ये चार महिला र १३ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा कुल ४५ जना यात्रु सवार थिए। तीमध्ये ४३ जना पोखराबाट चढेका थिए भने दुई जना मुग्लिनबाट चढेका थिए।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घाइतेको नामावली

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected