
काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ। कांग्रेसले सामाखुसीमा आयोजना गरेको चुनावी सभामा पार्टीका सभापति गगन थापाले कांग्रेस (बीपी)सँग एकता भएको औपचारिक जानकारी गराएका हुन्।
सभामा बोल्दै थापाले पार्टी एकताले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। कांग्रेस (बीपी)का नेता सुशीलमान शेरचनको नेतृत्वमा रहेको समूह मूल पार्टीमा फर्किएको हो।

पूर्व सभापति शेरबहादुर देउवासँग विवाद चर्किएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले नेपाली कांग्रेस परित्याग गरी कांग्रेस (बीपी)मा आबद्ध भएका थिए। त्यसयता डडेलधुरामा पार्टीभित्र आन्तरिक विवाद देखिँदै आएको थियो।
यसअघि डडेलधुरा कांग्रेसले विज्ञप्तिमार्फत कांग्रेस (बीपी)लाई पुरानै पार्टीमा फर्कन अपिल गरेको थियो। सोही अपिललाई सकारात्मक रूपमा लिँदै मल्ल पक्ष एकताका लागि सहमत भएको जनाइएको छ। पार्टी एकतासँगै डडेलधुराको लामो समयदेखिको विभाजन अन्त्यतर्फ उन्मुख भएको नेताहरूले बताएका छन्।






सम्बन्धित खवर















