0Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा प्रकाश बराललाई मनोनयन गरेका छन् ।

मंगलबार पाण्डेले बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । यसअघि बराल सचेतकका रूपमा कार्यरत थिए ।

पूर्व प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो । सोही रिक्त पदमा बराललाई बढुवा गरिएको हो ।

मुख्यमन्त्री पाण्डेले सचेतकबाट बढुवा गर्दै प्रमुख सचेतकको जिम्मेवारी दिएपछि अहिले सचेतक पद भने रिक्त रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected