
- नेतृत्व विकास, संगठन सञ्चालन, सदस्य परिचालन र समाजसेवाबारे गहन प्रशिक्षण तथा अन्तरक्रिया।
- शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान र विपद् व्यवस्थापनजस्ता सेवामूलक अभियानलाई प्राथमिकता दिने प्रतिबद्धता।
- “बाँडेर सहयोग गर्नु” मूल नारामार्फत सहकार्य, सहानुभूति र मानवीय सेवाको भावना विस्तार गर्ने घोषणा।
- सहभागीहरूले संगठनात्मक ज्ञान, व्यवहारिक सीप र सेवामूलक नेतृत्व विकासमा कार्यक्रम उपयोगी भएको प्रतिक्रिया।

प्रशिक्षणमा सहभागीहरूले नेतृत्व क्षमता अभिवृद्धि, संगठन सञ्चालनको प्रभावकारी शैली, सदस्य परिचालन तथा समाजसेवाका विविध आयामबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए। विशेषगरी डिजिटल प्रणाली, प्रतिवेदन प्रणाली, क्लब व्यवस्थापन तथा विश्वव्यापी सेवा लक्ष्यबारे गरिएको प्रशिक्षणलाई सहभागीहरूले उपलब्धिमूलक र प्रेरणादायी बताएका छन्।कार्यक्रममा सामाजिक उत्तरदायित्व, मानवसेवा तथा सेवामूलक अभियानका विविध विषयमा समेत विस्तृत छलफल गरिएको थियो। शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दृष्टि संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा मानवीय सहयोगजस्ता क्षेत्रमा लायन्सले निर्वाह गर्दै आएको भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ।लायन्स क्याबिनेटमा मनोनीत पदाधिकारीहरूको भूमिका संगठनलाई गतिशील, उत्तरदायी र सेवामुखी बनाउने महत्वपूर्ण आधार मानिन्छ। जोन चेयरपर्सन, रिजन चेयरपर्सन तथा क्याबिनेट सदस्यहरूको मुख्य दायित्व क्लबहरूबीच समन्वय गर्ने, सदस्यहरूलाई सक्रिय बनाउने तथा डिष्ट्रिक्टका नीति र कार्यक्रमलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउने हो।
उनका अनुसार “बाँडेर सहयोग गरौ” Caring By Sharing केवल नारा मात्र नभई सामाजिक सहकार्यको अभियान हो। यसले समय, ज्ञान, स्रोत र अनुभव समाजसँग बाँड्दै सहानुभूति र मानवीय भावनाको विकास गर्ने लक्ष्य राखेको छ। विशेषगरी गरिबी, शिक्षा, स्वास्थ्य र विपद्का क्षेत्रमा साझा प्रयासमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे।












