0Shares

काठमाडौं ।  लायन्स डिष्ट्रिक्ट ३२५ आई, नेपालको आयोजनामा तारकेश्वर–३ स्थित भ्यू टावर परिसर (लायन्स पार्क) मा शनिबार ‘मेगा ट्री प्लान्टेशन’ कार्यक्रम सम्पन्न भएको छ। नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले पदभार ग्रहण गरेपछिको पहिलो औपचारिक कार्यक्रमका रूपमा सञ्चालन गरिएको वृहत् वृक्षारोपण अभियानले वातावरण संरक्षणप्रति लायन्सको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्साल प्रमुख अतिथि तथा डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी विशेष अतिथिका रूपमा सहभागी थिए। साथै निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू चन्द्रकुमार केसी र इन्दु लम्साल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुप्रसाद भण्डारी, क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर शिवबहादुर काफ्ले, डिष्ट्रिक्ट चिफ एडभाइजर ऋषि गिरी, पिआरओ इन चिफ महेश पाण्डेलगायत सिनियर लायन्स नेतृत्व, क्लब पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि राजन लम्सालले वृक्षारोपण केवल बिरुवा रोप्ने अभियान मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै जलवायु परिवर्तनका चुनौती सामना गर्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले आफ्नो कार्यकालको सुरुआतमै वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै हरियाली विस्तार, स्वच्छ वातावरण निर्माण तथा दिगो विकासमा लायन्सको सक्रिय भूमिका रहने प्रतिबद्धता व्यक्त गरे।

वृक्षले वातावरणीय सन्तुलन कायम राख्ने, अक्सिजन उत्पादन गर्ने, कार्बन डाइअक्साइड अवशोषण गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, भू–क्षय नियन्त्रण गर्ने तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले वृक्षारोपणलाई जनअभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं श्रेय च्याम्पियन, काठमाडौं सैलुङ, काठमाडौं लर्ड बुद्ध, काठमाडौं लाफिङ बुद्ध, काठमाडौं धौलागिरी, काठमाडौं टेम्पल गणेश, काठमाडौं सद्भाव, काठमाडौं लक्ष्य, काठमाडौं नेशनल बुद्ध, काठमाडौं तारकेश्वर प्लानेट, काठमाडौं देवनगर, काठमाडौं भृकुटी, काठमाडौं विभूति, काठमाडौं बुद्ध ज्ञानभूमि, काठमाडौं धमाथु, काठमाडौं परिकल्पना, काठमाडौं ट्राइ–सिटी, काठमाडौं नुवाकोट सम्प्रदा, काठमाडौं सामाखुशी, काठमाडौं डिभाइन इनर्जी, काठमाडौं फुल मुन, काठमाडौं तारकेश्वर धर्मस्थली, काठमाडौं बालकुमारी सांग्ला, काठमाडौं सारथी, काठमाडौं टेम्पल रेइकी, काठमाडौं साकुरा, काठमाडौं महामयुरी, काठमाडौं बुद्ध युनिभर्सल, काठमाडौं मयुर, काठमाडौं कैलाश भूमि, काठमाडौं मिड–टाउन, काठमाडौं निलगिरि, काठमाडौं प्राइम, काठमाडौं सतमार्ग, काठमाडौं गन्तव्य, काठमाडौं टेम्पल माँ हाराती र काठमाडौं रञ्जना गरी ३९ वटा लायन्स क्लबको संयुक्त सहभागितामा विभिन्न प्रजातिका फलफूल, वन तथा डालेघाँसका बिरुवा रोपिएका थिए।

Screenshot

डिष्ट्रिक्ट एक्जुकेटिभ एडभाइजर जनार्दन फुयालका अनुसार सन् २०१६ देखि नांगो तथा उजाड पाखालाई हरियालीमा रूपान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको लायन्स पार्कमा प्रत्येक वर्ष वर्षायाममा नियमित रूपमा वृक्षारोपण हुँदै आएको छ। उक्त क्षेत्रमा विभिन्न प्रजातिका फलफूल, वनस्पति तथा डालेघाँसका बिरुवा रोप्ने कार्य निरन्तर जारी रहेको उनले बताए।

Caring by Sharing’ भन्ने मूल नारासहित सम्पन्न अभियानले हरित वातावरण निर्माण, सामाजिक उत्तरदायित्व निर्वाह तथा वातावरण संरक्षणमा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यलाई सार्थक बनाएको कार्यक्रमका संयोजक तथा डिष्ट्रिक्ट चिफ को-अर्डिनेटर मेनका लामाले जानकारी दिइन्। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको डिष्ट्रिक्ट चिफ एडभाइजर ऋषि गिरीले बताए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected