0Shares

काठमाडौं । बैंकर तथा लेखक डा. बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना सकार हुन्छन्’ सार्वजनिक गरिएको छ। यसअघि ‘सफलता सम्भव छ’ पुस्तक प्रकाशित गरिसकेका डा. मल्लको नयाँ कृति नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा शनिवार आयोजित एक कार्यक्रममा विमोचन गरिएको हो।

शिखा बुक्सद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रममा शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता तथा नेपाल व्यवस्थापन संघका अध्यक्ष डा. हेमा अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समीक्षा गरेका थिए।

समीक्षकहरूले पुस्तकमा समेटिएका ४९ वटा प्रेरणादायी लेखले सकारात्मक सोच, नेतृत्व, अवसरको पहिचान, समस्या समाधान, दाम्पत्य सम्बन्ध, प्रतिकूल परिस्थितिको सामना तथा व्यक्तिगत विकासजस्ता विषयलाई सरल र व्यावहारिक ढंगले प्रस्तुत गरेको बताए। पुस्तकमा लेखकको पहिलो कृति ‘सफलता सम्भव छ’ का लेखहरूको सारसमेत समावेश गरिएकाले यो सबै उमेर र पेशाका पाठकका लागि उपयोगी हुने उनीहरूको भनाइ थियो।

पूर्व सञ्चारकर्मी तथा बैंकर कल्पना मल्लले सञ्चालन गरेको कार्यक्रममा पुस्तक नेपालभरका विभिन्न पुस्तक पसलका साथै दराज, पुस्तकघर अनलाइन तथा शिखा बुक्समार्फत पनि उपलब्ध रहेको जानकारी दिइयो।

लेखक डा. मल्लले पुस्तकले मानिसमा सकारात्मक सोच विकास गर्न, निराशा हटाउन तथा ‘म गर्न सक्छु’ भन्ने आत्मविश्वास जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected