२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
खबर

जन्मदिनमा छोरीलाई २० लाखको जीवन बीमालेख उपहार : भविष्य सुरक्षित गर्ने प्रेरणादायी अभियान

पोखरा। जन्मदिनलाई केवल तडकभडक, भोजभतेर र क्षणिक रमाइलोमा सीमित नराखी भविष्यको सुरक्षा र आर्थिक सचेतनासँग जोड्ने प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै पोखरा महानगरपालिका–२०, भलाम निवासी शंकरराज पौडेलले आफ्नी कान्छी छोरीको २०औँ जन्मदिनको अवसरमा २० लाख रुपैयाँको जीवन बीमालेख उपहार प्रदान गरेका छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी मेनेजरसमेत रहेका पौडेलले जन्मदिनमा हुने अनावश्यक खर्चलाई दीर्घकालीन बचत र आर्थिक सुरक्षामा रूपान्तरण गर्ने उद्देश्यले उक्त बीमालेख उपहार दिएका हुन्। बीमालेख कम्पनीका कार्यालय प्रमुख सूर्यराज चपाईमार्फत हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख चपाईले भने, “क्षणिक रमाइलोभन्दा दीर्घकालीन सुरक्षा महत्त्वपूर्ण हुन्छ। जन्मदिनमा खर्च हुने रकमको केही हिस्सा बचत र जीवन बीमामा लगानी गर्न सके व्यक्ति र परिवार दुवैको भविष्य अझ सुरक्षित बन्न सक्छ।”

छोरीको जन्मदिनका अवसरमा आफ्नो धारणा व्यक्त गर्दै पौडेलले भने, “आजको सानो बचतले भोलिको ठूलो सुरक्षा सुनिश्चित गर्छ। जन्मदिनमा गरिने अनावश्यक खर्चलाई बीमामा रूपान्तरण गर्न सके बचत, सुरक्षा र जिम्मेवारी—तीनै कुरा सँगसँगै अघि बढ्छन्। मेरो चाहना यो सकारात्मक सोच समाजभर फैलियोस् भन्ने हो।”

वर्तमान समयमा जन्मदिनका नाममा अत्यधिक खर्च, तडकभडक र प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गइरहेका बेला पौडेलको यो कदमले जिम्मेवार अभिभावकत्व, आर्थिक अनुशासन र दूरदर्शी सोचको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

जीवन बीमा केवल एउटा वित्तीय योजना मात्र नभई परिवारको भविष्य सुरक्षित गर्ने भरपर्दो आधार पनि हो। यस्ता प्रेरणादायी अभियानले अन्य अभिभावकलाई पनि आफ्ना सन्तानको शिक्षा, भविष्य र आर्थिक सुरक्षाप्रति सचेत हुन प्रेरित गर्ने विश्वास गरिएको छ।

२०औँ जन्मदिनमा २० लाख रुपैयाँको जीवन बीमालेख उपहार प्रदान गर्ने यस कार्यले जन्मदिनलाई केवल उत्सवको अवसर होइन, भविष्य सुरक्षित गर्ने सुनौलो अवसरका रूपमा पनि मनाउन सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ। यदि यस्ता सकारात्मक अभ्यास समाजमा विस्तार हुँदै गए, जन्मदिनको संस्कृतिले केवल खुसी मात्र होइन, जिम्मेवारी, बचत र सुरक्षित भविष्यको आधार पनि निर्माण गर्नेछ।

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…