0Shares

पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश समितिको अध्यक्षमा संगीता पौडेल निर्वाचित भएकी छन्।

बुधबार पोखरामा सम्पन्न नाट्टा गण्डकीको ३१औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

अध्यक्ष पदका लागि पौडेल र कमला गिरीबीच भएको प्रतिस्पर्धामा पौडेलले ९३ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिस्पर्धी गिरीले ४९ मत प्राप्त गरिन्। पौडेलले गिरीलाई ४४ मतको फराकिलो अन्तरले पछि पारिन्।

त्यस्तै, प्रथम उपाध्यक्षमा राजेश पहारी निर्वाचित भएका छन्। पहारीले ८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चेतबहादुर कार्कीले ६६ मत पाए। कार्की यसअघि समितिको महासचिव थिए।

द्वितीय उपाध्यक्षमा विश्वराज आचार्य निर्विरोध निर्वाचित भए।

महासचिवमा ताराप्रसाद गौतम ८५ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नवराज भण्डारीले ५९ मत प्राप्त गरे।

सचिव पदमा सुभाष पहारी निर्वाचित भएका छन्। उनले ८४ मत प्राप्त गर्दा प्रतीक लामिछानेले ६२ मत पाए।

त्यसैगरी, कोषाध्यक्षमा छविरमण पौडेल ७४ मत प्राप्त गर्दै विजयी भए। उनले सन्दिप श्रेष्ठलाई जम्मा २ मतको अन्तरले पराजित गरे। श्रेष्ठले ७२ मत प्राप्त गरेका थिए।

सह–कोषाध्यक्षमा पदमराज आचार्य ८७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी तुलबहादुर गुरुङले ५५ मत प्राप्त गरे।

नव निर्वाचित अध्यक्ष पौडेलले गण्डकी प्रदेशको पर्यटन तथा ट्राभल व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected