0Shares

पोखरा । देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भइरहेका बेला विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि गरेको आह्वानलाई आत्मसात् गर्दै समाजले उक्त रकम सहयोग गरेको हो।

विश्वकर्मा समाज नेपालका केन्द्रीय अध्यक्ष बेलबहादुर विश्वकर्माले बाढी तथा विपद्का कारण प्रभावित भएका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले समाजको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए।

उनले विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जानकारी दिए । प्राकृतिक विपद्का कारण पीडित बनेका नागरिकलाई राहत र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ।

देशका विभिन्न स्थानमा बाढी तथा प्राकृतिक विपद्का कारण जनधनको क्षति भइरहेका बेला राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा व्यक्तिहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दै आएका छन्।

विश्वकर्मा समाज नेपालले पनि विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो। समाजले आगामी दिनमा पनि सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा आफ्नो भूमिका निरन्तर प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected