0Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनको दोस्रो दिन आज ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भएका वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन दोस्रो दिन पनि उत्साहपूर्ण रूपमा अघि बढेको समितिको भनाइ छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सम्पन्न भएको हो।

यद्यपि, केही जिल्ला र निर्वाचन क्षेत्रमा वडा अधिवेशन अझै बाँकी छन्। रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ लगायतका क्षेत्रमा निर्वाचन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।

आज सम्पन्न हुन नसकेका तथा बाँकी रहेका वडाको अधिवेशन असोज ५ गते सोमबार पनि जारी रहने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका रहेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected