0Shares

अन्नपूर्ण, कास्की । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका ११ वडामध्ये १० वटामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। वडा सभापति, उपसभापति, सचिव, सहसचिव, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत निर्वाचित भएका हुन्।
गाउँपालिकाका वडा नम्बर १, २, ३ र ५ देखि ११ सम्मका वडामा नेतृत्व चयन भएको हो।

वडा नम्बर ४ मा भने सदस्यताको पूर्ण नामावली प्राप्त नभएकाले नेतृत्व चयन प्रक्रिया स्थगित गरिएको छ। नामावली प्राप्त भएपछि उक्त वडामा पनि नेतृत्व चयन गरिने जनाइएको छ।

निर्वाचित वडा सभापतिहरू
नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका १० वडामा सर्वसम्मत निर्वाचित सभापतिहरूको नामावली यसप्रकार छ :
वडा नं. १ : नरपति दाहाल
वडा नं. २ : खगराज अधिकारी
वडा नं. ३ : प्रकाश गुरुङ
वडा नं. ४ : नेतृत्व चयन स्थगित
वडा नं. ५ : सहबहादुर बिक
वडा नं. ६ : सालिकराम देवकोटा
वडा नं. ७ : गौप्रसाद गुरुङ
वडा नं. ८ : लक्ष्मी देवकोटा पौडेल
वडा नं. ९ : गन पुन
वडा नं. १० : गौतम गुरुङ
वडा नं. ११ : हितमान गुरुङ
निर्वाचित कार्यसमितिको कोषाध्यक्ष भने कार्यसमितिको बैठकमा सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected