0Shares

काठमाडौं । विद्यार्थीको शिक्षामा पहुँच र विद्यालयप्रतिको अपनत्व बढाउने उद्देश्यसहित गरिमा विकास बैंक लिमिटेडले टोखा नगरपालिका–२ स्थित श्री चन्देश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई ४७० थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उपलब्ध गराएको उक्त पोशाक बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस पहलले विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको उपाध्यायले बताए ।

वालिङबाट आफ्नो यात्रा सुरु गरेको गरिमा विकास बैंकले सेवा विस्तारसँगै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकले आफ्नो व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि अघि बढाउँदै आएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected