0Shares

पोखरा, असोज २८। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दसैं–तिहारको अवसरमा सेवाग्राहीका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत युआरएलको मुख्य कार्यालयसहित सबै शाखामा युरिक एसिड, मधुमेह र रगतमा हुने खराब बोसो (ट्राइग्लिसेराइड अर्थात् टीजी) मध्ये कुनै एक परीक्षण निःशुल्क गरिने भएको छ।

युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाका अनुसार कात्तिक महिनाभर लागू हुने योजनामा अन्य रक्त परीक्षणमा समेत विशेष छुट दिइनेछ।

‘हाम्रा सेवाग्राहीको चाडपर्वको माहोललाई थप उत्सवमय बनाउन छुट अफर ल्याएका हौँ,’ कोइरालाले भने।

पोखराको न्युरोडमा रहेको युआरएल गण्डकी प्रदेशकै पहिलो तथा एक मात्र आईएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याबोरेटरी भएको संस्थाको दाबी छ। प्रयोगशालाले गण्डकी प्रदेशका आठ जिल्लामा २४ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

१३ वर्षअघि स्थापना भएको युआरएलले विभिन्न संघसंस्थासँगको सहकार्यमा हालसम्म २४१ वटा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए।

उनका अनुसार क्यान्सर मार्कर, होलबडी, भिटामिनलगायतका विभिन्न परीक्षणमा समेत विशेष छुटको व्यवस्था गरिएको छ। सेवाग्राहीले आफूलाई अनुकूल पर्ने युआरएलको जुनसुकै शाखाबाट उक्त सुविधा लिन सक्नेछन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected