0Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल(रापजा)ले सिके राउत र सरकारबीच भएको सहमति रहस्यमयी भएको जनाएको छ । शनिबारबाट सुरु भएको अध्यक्षमण्डलको बैठकले उक्त सहमति आफैमा विवादास्पद रहेको समेत जनाएको छ । सहमतिप्रति नेकपाकै केही नेताहरुको विरोध हुनुले यस विषयमा गम्भीर भएको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बताउनुभयो ।

पछिल्लो राष्ट्रिय राजनीतिको बारेमा समग्रतामा छलफल हुने र राजपाको प्रभाबकारी तथा सकारात्मक भूमिकाका बारेमा साझा धारणा तय हुने यादवले जानकारी दिनुभयो । त्यस्तै प्रदेश दुईको सरकार तथा प्रदेश २ का आठ जिल्लामा भएको छलफलका बारेमा पनि बैठकमा समीक्षा हुने बताईएको छ । सरकारको १ वर्षे कार्यकालको कामको समीक्षा पनि हुने र निष्कर्ष निकाल्ने उहाले बताउनुभयो । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपाको चिन्ता नगरी सरकार र आफ्नो पार्टीको बारेमा सोच्न सुझाव दिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected