२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026
कोरोना-विशेषदेशमुख्य खबरविचार / ब्लगस्थानिय समाचारस्वास्थ्य

भान्सामा भएका औषधिको गर्नुस् प्रयोग, कोरोनाले ज्यानै लिँदैन

काठमाडौं – सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन ।

कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ ।

भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ ।

घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ ।

हाम्रो भान्सा(किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन ।

सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।

हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ ।

गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ । एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ ।

धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन । तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ ।

गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Read more

नारी अस्मितामाथिको प्रहार र न्यायको प्रश्न : अडियो प्रकरणको निष्पक्ष छानबिन होस्

दीपशिखा शर्मा |  एक्काइसौँ शताब्दीको सभ्य र आधुनिक युगमा पनि महिलाहरूले मानसिक यातना, अपमान, दमन र अन्यायको सामना गर्नुपरिरहेको वास्तविकता अत्यन्त दुःखद र चिन्ताजनक छ। समानता, मानव अधिकार…

कांग्रेसको १५औँ महाधिवेशन : अब नेतृत्व होइन, राजनीतिक दिशाको फैसला

युवराज खनाल, तनहुँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल तातिरहेका बेला स्वाभाविक रूपमा एउटा प्रश्न सबैभन्दा बढी सुनिन्छ— अब कांग्रेसको नेतृत्व कसले गर्ने? तर कांग्रेसका लागि यो प्रश्नभन्दा ठूलो…

किन बढ्दैछन् ईभी गाडीमा आगलागीका घटना? प्रविधि कि जोखिम?

विशेष लेख | दीपशिखा शर्मा। विद्युतीय सवारीसाधन (ईभी) लाई पेट्रोलियम पदार्थको विकल्प, कम सञ्चालन खर्च र वातावरणमैत्री यातायातको माध्यमका रूपमा लिने क्रम नेपालमा तीव्र बन्दै गएको छ। तर,…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

जीवनका तिता सत्य र मीठा पाठहरू

मानिसको जीवनमा केही यस्ता शब्दहरू हुन्छन्, जसले उसको सम्पूर्ण मनोविज्ञान र जीवनयात्राको चित्र कोर्छन्। “हुँदैन”, “सक्दिन” र “छैन” जस्ता शब्दहरू धेरैको जीवनमा बारम्बार दोहोरिन्छन्, जबकि “हुन्छ”, “भइहाल्छ नि”…