२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
स्थानिय समाचार

भीमनारायणको भावलहर कविता संग्रह विमोचन

काठमाडौं । साहित्यकार भीमनारायण श्रेष्ठको भावलहर कविता संग्रह पुस्तक विमोचन भएको छ ।

चन्द्रागिरि साहित्य समाजले प्रकाशित गरेको कविता संग्रह भावलहरको विमोचन चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा गरिएको हो । कार्यक्रममा साहित्यकार श्रेष्ठले आफुले २०३६ सालदेखि कविता लेख्न सुरु गरेको र लामो समयपछि त्यसले पूर्णता पाएको बताउनु भयो । उहाँले आफु नेपाल सरकारको कर्मचारीको रुपमा काम गर्दै गर्दा फाट्टफुट्ट कविता लेख्ने गरेको र रिटायरपछि पनि कविताहरु कोर्दै गर्दा आज त्यसले दस्तावेजको रुप लिएको उल्लेख गर्नुभयो । उहाँले भावलहरमा समेटिएका केही कविताहरु पत्रपत्रिकामा छापिएको, साहित्यिक कार्यक्रममा आफुले वाचन गरिसकेको र केही नयाँ कविताहरु मिलाई भावलहर कविता संग्रह पुस्तक बाहिर ल्याएको बताउनु भयो । कामकै शिलशिलामा साहित्यीक व्यक्तित्वहरुसँग भेट गर्दै जाँदा आफु यस क्षेत्रमा लागेको पत्तै नभएको उहाँ बताउनु हुन्छ । श्रेष्ठले आफ्नै नेतृत्वमा साहित्यीक संस्था पनि गठन गरी शनिवार्य कवि गोष्ठी पनि गर्दै आएको जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा आफ्नो पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । प्रमुख गिरीले श्रेष्ठ र आफु बालसखा रहेको, गुच्चा खेल्दैसँगै हुर्किएको तर आज उहाँको पहिलो कृति नै आफुले विमोचन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आजका दिनसम्म श्रेष्ठसँग धार्मिक, साहित्यीक, ऐतिहासिकलगायतका कार्यमा सधैसँगै रही काम गर्ने अवसर मिलेको पनि उल्लेख गर्नुभयो । उहाँले यो कृतिले श्रेष्ठको थप अर्को पहिचान बनेको पनि बताउनु हुन्छ ।

प्रमुख गिरीले आफुलाई पनि साहित्यीक क्षेत्रमा रुची भएकाले कहिलेकाहि कविता कोर्ने गरेको बताउँदै श्रेष्ठको भावलहर पुस्तक विमोचन गर्दै गर्दा आफ्नो छरिएर रहेका कवितालाई दस्तावेजीकरण गर्ने इच्छा जागेको उल्लेख गर्नुभयो । उहाँले पहिलाका लेखकको दस्तावेजले हाम्रो पहिचान, अस्तित्व बनेको र अहिलेको पुस्ताको दस्तावेजले भावी पुस्ताको अस्तित्व रहने हुँदा साहित्य क्षेत्रलाई नगरबाट हुनसक्ने सबै खालको सहयोग गर्न आफु पछि नपर्ने आवश्वासन दिनुभयो ।

इतिहास अध्ययन अन्वेषणकर्ता एवम् साहित्यकार रवीन्द्र रिजालले चन्द्रागिरि नगरपालिका आर्ष साहित्य भूमिको रुपमा परिचित रहेको बताउनु भयो । उहाँले सोमनाथ सिग्देल, शिखरनाथ सुवेदी, चन्द्रबर्मा गोमी जस्ता व्यक्तित्वहरुको गाउँ नै यही भएकोले अहिलेको पुस्ताको लागि गौरबको विषय भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘पहिला साहित्य लेखन एउटा उद्देश्यमा आधारित भई लेखिने गरिन्थ्यो, अहिले पैसाको बलमा साहित्य र इतिहास बङ्ग्याइँ लेखिन थालियो । अर्काको लेखलाई पैसाकै भरमा आफ्नो कृति बनाउन थालियो ।’ रिजालले लिच्छवी कालिन समयमा हामी बसेको गाउँ ऐतिहासिक, सांस्कृतिक शहर शिताटी द्रङगको रुपमा पनि परिचित रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि साहित्य समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीशा नकर्मी, वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार धनबहादुर गोपाली, वडा अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो ।

 

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…