२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
स्वास्थ्य

युथ कम्युनिटी क्लवका सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा ३५ प्रतिशत छुट

पोखरा १ पुष ।  युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा पि आर एलमा विशेष छुट दिइने भएको छ ।

पोखराको हस्पिटल चोकमा रहेको पोखरा रेफरेन्स ल्याबोरेटरीमा हुने कुनैपनि किसिमको ल्याब सम्बन्धि चेकजांचमा क्लवमा आवद्ध सदस्यहरुलाई ३५ प्रतिशत छुट दिइने भएको हो ।

पोखरा रेफरेन्स ल्याबोरेटरीमका सञ्चालक सञ्जय शर्मा र युथ कम्युनिटी क्लवका व्यापार प्रवद्र्धन संयोजक शुसिला केसी विच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त कार्यको सुरुवात गरिएको हो ।

सो अवसरमा वोल्दै युथ कम्युनिटी क्लवका व्यापार प्रवद्र्धन संयोजक शुसिला केसीले युवा ब्यवशायी हरु बीच साथ सहयोग र सहकार्यका लागि भन्ने मुल नाराका साथ गठन भएको युथ कम्युनिटी क्लवले युवाहरुलाई संगठित गरी ब्यापार व्यवशायमा लाग्दै गरेको र पोखरा रेफरेन्स ल्याबोरेटरी संगको सहकार्यले युवाहरुलाई थप हौसला मिलेको वताइन । ल्याबोरेटरीमा हुने कुनैपनि परिक्षणमा क्लवमा आवद्ध सदस्यहरुले ३५ प्रतिशत छुट पाउने र आफुहरुको क्लवमा हाल ३ सय सदस्य आवद्ध रहेको वताइन ।

पोखरा रेफरेन्स ल्याबोरेटरीका संचालक सञ्जय शर्माले युथ कम्युनिटीमा आवद्ध सदस्यहरुले यो सम्झौताबाट कुनैपनि ल्याव सम्बन्धि चेक जांचमा ३५ प्रतिशत छुट पाउने वताउदै यो अवसर आगामि दुइ वर्ष सम्म लागु हुने वताए । ल्याबोरेटरीमा हाल रगत, दिसा, पिसाव, खकार, विर्य, मधुमेह, थाइराइड, मृगौला, कलेजो, वोसोको मात्रा, हर्मन, इन्जाइन, भिटामिन, लगायत सम्पूर्ण शरिरको तत्वहरुको परिक्षण गराउदै आइरहेको समेत सञ्चालक शर्माले वताए ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…

स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान…

 पोखरा ग्लोरीद्वारा स्याङ्गजामा बृहत् आँखा शिविर, २५० भन्दा बढी लाभान्वित

स्याङ्गजा। स्याङ्गजा, पुतलिबजार–१४, लामागेस्थित श्री श्रवण माध्यमिक विद्यालयको प्रांगणमा लायन्स क्लब अफ पोखरा ग्लोरीद्वारा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ। शिविरमार्फत २५० भन्दा बढी स्थानीयवासीले आँखा स्वास्थ्य…