२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
मुख्य खबरशिक्षास्थानिय समाचार

संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने योजना ल्यायो

देउखुरी, १२ पुस । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने योजना अघि सारेको छ । संस्कृत शिक्षालाई अनुसन्धान, अनुवाद, पाठ्यसामग्रीको लेखन, ग्रन्थ सम्पादन, पञ्चाङ्ग प्रकाशन, विदेशी विद्यार्थीका लागि शास्त्री (स्नातक) तहको पठनपाठन सञ्चालन गर्न लागिएको छ । साथै योग तथा प्राकृतिक चिकित्सा, परम्परागत कृत्यकर्मको संरक्षणका लागि प्रशिक्षण र अनुसन्धानजस्ता नियमित गतिविधि गर्ने प्रस्ताव विश्वविद्यालयसभाले पारित समेत गरेको छ । गत मङ्सिर २८ गते काठमाडाँैमा ७३औँ विश्वविद्यालय सभा सम्पन्न भएको थियो । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले योग तथा जीवनशैली व्यवस्थापन विषयको अध्ययन अध्यापन यसवर्षदेखि शुरु गर्ने जानकारी दिनुभयो ।

उहाँले विधिशास्त्र (कानून) विषयको छुट्टै सङ्काय निर्माण गरी अध्ययनअध्यापन अगाडि बढाउने, आयुर्वेद अध्ययन संस्थानअन्तर्गत बि फार्मेसीको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गर्ने, सन् २०२४ मा नेपालमा ‘अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन’ आयोजना गर्ने, आयुर्वेद विषय अध्ययन गरिरहेका र निकट भविष्यमा प्राकृतिक चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीको अभ्यास शिक्षणका लागि २०० शय्याको सुविधासम्पन्न एकीकृत शिक्षण अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन गर्न सरकारसँग अनुरोध गर्ने जानकारी दिनुभयो ।

देउखुरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गाको भूमि बंैकको अवधारणअनुसार वैदिक कृषि अनुसन्धान केन्द्र निर्माणको काम अगाडि वढाउनेलगायतका प्रस्ताव पारित भएको कुलसचिव अधिकारीले जानकारी दिनुभयो । दाङको विश्वविद्यालय भवनको दक्षिण भागमा रहेको १८ बिघा जमिनमा ११ करोडको लागतमा बनस्पति उद्यान बनाउने तयारी गरेको यसको बोलपत्र यसैसाता खोलिने जनाइएको छ ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…