२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
विज्ञान प्रविधिस्थानिय समाचार

पोखरामा खुल्यो आइटी गार्डेन

पोखरा । सूचना तथा प्रविधि, सेक्युरिटी र अटोमेसनसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यसहित पोखरामा आइ.टि. गार्डेन प्रा.लि. सञ्चालनमा आएको छ । पोखरा महानगरपालिको कार्यालय अगाडि अनुपम मार्ग (गुरुकुल स्कुल जाने बाटो)मा आइटी गार्डेन खुलेको हो ।

नागार्जुना कलेज अफ आइटी काठमाडौंबाट बिएससि सिएसआइटी अध्ययन पुरा गरेका अनुप पन्त आइटी व्यवसायमा आबद्ध भएका हुन् । परम्परागत व्यवसायलाई आधुनिक शैलीमा सञ्चालन गर्नुपर्छ भन्ने सोचका साथ पोखरामा आइ.टि. गार्डेन प्रा.लि. सञ्चालनमा ल्याएको पन्तले बताए ।

पन्तले पोखरा तथा आसपासका क्षेत्रमा सेक्युरिटी सिस्टम र अटोमेसनलाई प्राथमिकतामा राखेर सेवा सुरु गरेका हुन् । ‘सफ्टवयर वेवसाइटदेखि आइसिटी एसेसरिजहरुको सम्पूर्ण सेवा यहाँबाट उपलब्ध गराउछौं,’ पन्तले भने, ‘ल्यापटप, कम्प्युटर, ट्याव, प्रिन्टर लगायतका सामान सुपथ मूल्यमा बिक्री गर्नेछौं ।’

सेक्युरिटी सिस्टम अन्तर्गत सिसी क्यामरा, आलराम सिस्टम, बायोमेट्रिक एटेन्डेन्स सिस्टम लगायत सुरक्षासँग सम्बन्धित सम्पूर्ण काम गरिने पन्तले जानकारी दिए । अटोमेसन सिस्टम अन्तर्गत रिमोट कन्ट्रोल सिस्टम गेट, ढोका, झ्याल, एक्सेस कन्ट्रोल लगायतको सेवा उपलब्ध हुनेछ । ‘स्मार्ट होम एण्ड स्मार्ट अफिसका लागि हामीले सेवा प्रदान गर्नेछौं,’ उनले भने, ‘मल्टिप्लक, झ्याल ढोका सबै मोबाइलबाटै सञ्चालन गर्न सकिने सिस्टम हामीसँग छ ।’
पोखरा तथा आसपासका क्षेत्रलाई लक्षित गरी आइ.टि. गार्डेन सञ्चालनमा ल्याइने पन्तले बताए । ‘एकै ठाउँबाट आइटीसँग सम्बन्धित सम्पूर्ण सेवा हामीले प्रदान गर्नेछौं,’ उनले भने ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…