२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
फिचर समाचारस्थानिय समाचार

कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करीब १५ किमि ‘हाइकिङ ट्रेल’ प्रवद्र्धन गर्दै टान

पोखरा, २ माघ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करीब १५ किलोमिटर हाइकिङ गरेको हो । “प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतीसँगै यस क्षेत्रको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्नका साथै हाइकिङ ट्रेलको प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो”, टानका अध्यक्ष सुशील पौडेलले भन्नुभयो ।

“कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन अब आन्तरिक पर्यटक लक्षित गतिविधिमा जोड दिँदै पदयात्रा प्रर्वद्धनसँगै हाइकिङ संस्कृतिको विकासका लागि पहल थालिएको हो”, पौडेलले व्यस्त जीवनशैलीका कारण मानिस प्रकृतिबाट टाढा टाढा भइरहेका अवस्थामा हरिया डाँडापाखाभित्रका शान्त स्थलमा चराचुरुङ्गीका चिरविर आवाजसँगै पैदल यात्राले शारीरिक र मानसिक दुवै स्फूर्ति बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसको महत्वलाई बुझाउँदै यस क्षेत्रको विकासमा हाइकिङ ट्रेलको प्रवद्र्धनात्मक कार्यमा जोड दिन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पछिल्लो समयमा हाइकिड संस्कृतिको विकास हुँदै गएको बताउनुभयो । “हाइकिङमा प्रकृतिसँगको सामिप्यतामा वनस्पति, वन्यजन्तु, चराचुरिङ्गी, हिमाल, पहाड, ग्रामीण परिवेश रहन सहन संस्कृतिसँगै रमाउन सकिन्छ ।” भट्टराईले भन्नुभयो, “पोखरा आसपासमै छोटो लामो दूरीका हाइकिङ ट्रेल छन् तर प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् । पारिवारिक वातावरणमा हाइकिङ गर्न सकिने यस्ता ठाउँहरुकोे प्रवद्र्धनमा जोड दिनुपर्छ ।” उहाँले पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्यका हिसाबले पनि हाइकिङ निकै राम्रो मानिने बताउनुभयो ।

अहिलेको अवस्थामा आन्तरिक पर्यटनलाई बढावा दिन हाइकिङ ट्रेलकाबारे प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने उहाँको भनाइ थियो । पोखरा–२४ का वडाध्यक्ष ओम सुवेदीले पर्यटकीय, ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्व बोकेको कास्कीकोटको विकासका लागि थुप्र्रै काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको विकास र प्रवद्र्धनमा लागेका छौँ, पदमार्ग निर्माण भइरहेको छ । नागडाँडाबाट देउरालीसम्म तीन किलोमिटरको अपाङ्गमैत्री पदमार्ग बनेको छ त्यसयता पोखरा– २४ र १८ सम्मको करीब आठ किलोमिटर पदमार्ग स्तरोन्तिको काम पनि भइरहेको छ ।” सुवेदीले नेपाल पर्यटन बोर्डको सहयोगमा पाँच लाख ७१ हजार बजेटबाट उक्त काम भइरहेको जानकारी दिनुभयो । आन्तरिक पर्यटकका लागि निकै उत्कृष्ट गन्तव्य रहेकाले यस क्षेत्रको प्रचारप्रसारमा आवश्यक रहेको उहाँको भनाइ छ । कास्कोट पर्यटन विकास समितिको समन्वयमा सम्पन्न हाइकिङ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चाकर्मीसहित ७० जनाको सहभागिता रहेको समितिका संयोजक उदय सुवेदीले जानकारी दिनुभयो ।

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…