
काठमाडौं । गायक प्रविन वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको ‘थोरै खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पुर्याइरहेका गीतकार गोपाल लोहारको रहेको छ। यस गीतलाई बसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने बिशम आचार्यले संगीत संयोजन गरेका हुन्।
जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको जिवन्त अभिनय देख्न सकिन्छ। श्याम तामाङले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
VIDEO LINK: https://youtu.be/_13uvVIUiRs








सम्बन्धित खवर
















