52Shares

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको खबर यतिबेला चर्चाको विषय बन्न पुगेको छ । कोन्ज्योसोम गाउँपालिका–२ ले कृष्णप्रसाद घिमिरेलाई दिइएको घरबाटो सिफारिस गलत भएको भन्दै संचारमाध्यम र सामाजिक संजालमा गाउँपालिकाका वडा अध्यक्ष विरुद्ध टिका टिप्पणी हुन थालेको छ । अध्यक्ष ध्रुवप्रसाद घिमिरेले वडा कार्यालयबाट भएको सामान्य त्रुटीलाई बढाइचढाइ गरेर अनर्गल प्रचार गरिएपछि एक विज्ञप्ति जारी गर्नुभयो । विज्ञप्तिमा कोन्ज्योसोम गाउँपालिका–२ साविक शंखु गाविस भित्र पर्ने उक्त जग्गाको सिफारिस दिँदा वडा कार्यालयले चिनजान र विश्वासको आधारमा जग्गा नहेरि सिफारिस दिंदा त्रुटी हुन पुगेको र कृष्णप्रसादले झुक्काएर सिफारिस लिएको उल्लेख गरिएको छ । ‘मालपोतको स्रेस्तामा जग्गाको ठेगाना शंखु नै रहेको र जग्गाधनी प्रमाणपत्रमा पनि शंखु गाविस नै उल्लेख गरिएकाले कृष्णप्रसाद घिमिरेले वडालाई झुक्काएर सिफारिस लिएको भन्दै सत्यतथ्य खबर दिन आग्रह गर्नुभयो ।

जग्गा सिफारिसको विषय दिनप्रतिदिन चर्कदै जान थालेपछि गत फागुन ६ गते वडाले सो जग्गा रोक्का गरिसकेको वडा अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected