0Shares

तनहुँ, १२ फागुन \ जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं टच स्काइ एजुकेशन नेटवर्क र बिएसएस कम्प्युटर लर्निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा डिजिटल सिकाइ अभियान मङ्गलबारदेखि थालिएको हो । उक्त अभियानको नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । नगरप्रमुख न्यौपानेले अबको शिक्षा प्राविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । भौतिक सुधारका साथै गुणस्तरीय शिक्षा लिने अपेक्षा गरिए पनि शिक्षण प्राविधि पुरानै ढर्राको रहेकाले यसको अन्त्य गर्दै नयाँ प्रविधितर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शिक्षक महासङ्घका जिल्ला अध्यक्ष रामचन्द्र्र पोखरेलले हिजोको शिक्षण सिकाइ चक, डस्टर र कालोपाटीबाट शुरुआत भए पनि अहिलेको माग डिजिटल प्राविधि रहेकाले यसको प्रयोग गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

स्थानीय तह, साझेदारी संस्था र विद्यालय गरी त्रिपक्षीय सहभागितामा यस कार्यक्रम सञ्चालन गरिनेछ । अफलाइनमा आधारित सफ्टवेयरमार्फत शिक्षकको प्राविधिक क्षमतामा वृद्धि गर्ने लक्ष्य रहेको डिजिटल सिकाइ अभियानका कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले बताउनुभयो ।

उक्त प्राविधिमार्फत २०० भन्दा बढी वेवसाइट उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, “मार्कसिट, ग्रेडसिट, तलबी भर्पाइ, पुस्तकालय व्यवस्थापनलगायतका ढाँचा, डिजिटल किताबलगायत उपलव्ध गराइने छ ।” यस कार्यक्रमका लागि व्यास नगरपालिकाबाट रु चार लाख, साझेदारी संस्था एकीकृत हरित विकास नेपालबाट रु तीन लाख ५० हजार सहयोग रहेको छ । जिल्लामा रहेका ७५ वटै विद्यालयमा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाको सहयोगमा सबै विद्यालयका शिक्षकलाई ६० दिने प्राविधिक तालिम प्रदान गरिसकिएको सो संस्थाले जनाएको छ । व्यास नगरपालिका –१० मा रहेका चार माध्यमिक विद्यालयमा आइसिटी प्याकेज उपलब्ध गराइसकिएको छ । जसमा भानु मावि, सर्वज्योति मावि, शिव मावि र चण्डीदेवी मावि छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected